ल्हासा, पोखरा हुँदै लुम्बिनी र काठमाडौं जोड्ने रेलको सपना सुनिश्चित भयो– प्रचण्ड

वि.सं.२०७५ मंसिर १८ मंगलवार १७:२९
3.68K
shares
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भेटका अवसरमा राखेको रेलको सपना पुरा हुन गइरहेकोको बताएका छन् । मंगलबार कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग पहिलोपटक भेट हुँदा रेल निर्माणबारे कुरा राखेको बताएका हुन् ।
“मैले त्यतिबेला चीनदेखि नेपालको राजधानी लुम्बिनी पोखरा जोड्ने रेल निर्माणको मेरो सपना छ । यो अहिले नै अगाडि नबढेपनि यसमा सोच्नुहोला भनेको थिएँ । प्रचण्डले भने, “अहिले उक्त काम अघि बढेको छ । अध्ययन शुरु भएको छ । अध्यक्ष प्रचण्डले चीनको तिब्बत हुँदै पोखरा, लुम्बिनी, पर्सा र चितवन काठमाडौं जोड्ने रेल सेवा सुरु हुने बताए ।