संवैधानिक परिषदको बैठक बस्दै

7.96K
shares

काठमाडौं । यस अघि चार पटकसम्म स्थगित भएको संवैधानिक परिषद बैठक बिहीबार (आज) बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबार बिहान ९ बजे डाकिएको बैठक केहीबेरमा बस्ने बताइएको छ । नयाँ प्रधानन्यायधीश सिफारिस गर्नका लागि संबैधानिक परिषद बैठक बस्न लागेको हो। न्याय परिषद्ले प्रधानन्यायधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीको नाम पठाएको छ ।

संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । न्याय परिषद्लेले सिफारिस गरेका मध्ये जोशीलाई यस अघि नै संसदीय समितिले अस्वीकृत गरेका थिए। यसअघि गत शनिबारलाई बोलाएको बैठक स्थगित भएको थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउदै छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक निरन्तर स्थगित हुँदै आएको छ । मंगलबारको बैठक पनि देउवा अनुपस्थित हुने भएपछि दुई पटक स्थगित भएको थियो। त्यस अघि गत १६ गते बस्न लागेको बैठक पनि देउवाकै कारण स्थगित बैठक थियो । कांग्रेस निकट स्रोतका अनुसार देउवा र प्रधानमन्त्री ओलीबीच आन्तरिक सहमति हुन् बाँकी छ । दुई नेता बीच आन्तरिक छलफलबिना संवैधानिक परिषदको बैठकमा सहभागी नहुने देउवाले अडान लिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083