नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल जारी
वि.सं.२०७५ पुस २ सोमवार १३:३४
5.49K
shares
shares

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । शनिबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेश गरेको फरक प्रस्तावका विषमया छलफल हुने बताइएको छ ।
शनिबार बसेको बैठकमा अध्यक्षद्धयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै गौतमले पनि फरक मतको रुपमा अर्को प्रस्ताव पेश गरेका थिए ।
ती दुबै प्रतिवेदनपछि आइतबार एक दिन स्थायी कमिटी सदस्यहरुलाई एक दिन अध्ययनको समय दिइएको थियो । बैठकमा आजदेखि सदस्यहरुले प्रतिवेदनमाथि धारणा राख्ने क्रम सुरु हुनेछ ।
































