प्रधानमन्त्री ओलीद्धवारा धरहरा पुनर्निर्माणको शिलान्यास
वि.सं.२०७५ पुस १२ बिहीवार १२:२७
4.37K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्। गोरखा भूकम्पमा भत्किएको धरहराको बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवंम् रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माणप्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित छन्।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ वैशाख १२ मा नै बनाउँछु मेरो धरहराु अभियान सहित घरहरा पुनर्निर्माणको घोषणा गरेका थिए।





























