यी हुन् देशकै बेइज्जत गर्ने ‘नालायक’ परराष्ट्र सचिव’! जस्ले चार सय भन्दा बढीको मृत्यु हुँदा बधाई दिए

4.29K
shares

काठमाडौं। अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलि रहेका हुन्छन् र खेल्नुपर्छ पनि । त्यसमा परराष्ट्र सेवाका कर्मचारीको त विशिष्ठ भूमिका नै हुन्छ।

कुटनीतिक क्षेत्रमा सामान्य भाषाले पनि ठूलो अर्थ राख्ने हुँदा उनीहरुले हरेक शब्द–शब्दमा खेल्नु पर्ने त हुन्छ नै मित्र राष्ट्रसँगको सम्बन्धलाई घनिष्ट बनाइ राख्न रहतरहले जिम्मेवार रुपमा पनि प्रस्तुत हुनु पर्ने हुन्छ । तर, परराष्ट्र मन्त्रालय जस्तो संवेदशनशील निकायका जिम्मेवार राष्ट्रसेवक कर्मचारी गैरजिम्मेवार बनिदिँदा देशकै बदनाम हुन पुगेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको गैरजिम्मेवार रबैयाका कारण देशकै बदनाम हुन पुगेको हो । सन्दर्भ हो, हालै इन्डोनेशियामा भएको ज्वालामुखी विस्फोट र त्यस पछि भएको मानविय क्षतिका विषयमा निकालिएको एक विज्ञप्ति ।

अंग्रेजी भाषामा निकालिएको विज्ञप्तिमा ‘इन्डोनेसियामा हालै गएको ज्वालामुखी विस्फोट पछि ज्यान गुमाएकाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको’ व्यहोरा उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्रालयमा सचिव रहेका शंकरदास बैरागीको गैरजिम्मेवार र लापबारहीले यस्तो हुँदा देशकै बेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा धेरैले परराष्ट्र मन्त्रालयका जिम्मेवार अधिकारीले विज्ञप्तिमा ‘अक्षम्य’ गल्ती गरेको भन्दै चर्को आलोचना गरेका छन्।

उनीहरुले गल्ती गर्ने बैरागीसहितका जिम्मेवार अधिकारीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै भविष्यमा यस्तो गम्भीर गल्ती नदोहोर्याउन चेतावनी दिएका छन् ।

परराष्ट्र जस्तो जिम्मेवार मन्त्रालायमा बसेर गैरजिम्मेवार ढंगले विज्ञप्ति निकाल्नुले बैरागी लगायतका अधिकारीको कार्यदक्षता माथि नै प्रश्न चिन्ह खडा भएको भन्दै केहीले बर्खास्त गरिनु पर्ने सम्मको माग गरेका छन् ।

पछि सच्च्याइएको विज्ञप्ति


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083