संसदमा बलात्कारीलाई मृत्युदण्ड दिन माग

4.91K
shares

काठमाडौं । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताए।

सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा पुतली बजार नगरपालिका १०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालीकोटमा भएको आगालागी पीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरे। ‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानी जहाज सञ्चालन हुन्छ भन्नुभएको थियो, तर पानी जहाज सञ्चालनमा आएन । त्यसैले उहाँबाट संसद्लाई जवाफ दिनुपर्छ’, उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083