आज पत्रकार सम्मेलन गरेर पर्यटन मन्त्री अधिकारीले राजीनामा दिने
वि.सं.२०७५ पुस २३ सोमवार १०:५१
7.64K
shares
shares

काठमाडौं । वाइडबडी विमान खरीद प्रकरणमा जोेडिनु भएका पर्ययटन मन्त्री रवीन्द्र अधिकारीले आज सोमबार राजीनामा दिने बिषेश स्रोतको दाबी छ । मन्त्री अधिकारीले आज बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
सोमबार नै लेखा समितिको बैठक तोकिएको छ । बिहान ११ बजे बस्ने बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी भइरहेको छ । पर्यटन मन्त्री अधिकारीको त्रुटि देखिएको बताउँदै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिने समितिको तयारी छ ।
लेखा समितिको सिफारिस अगावै मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ राख्नु हुनेछ । मन्त्री अधिकारीले आइतबार राति अबेरसम्म बालुवाटारमाा छलफल गर्नु भएको छ ।































