ओली सरकारविरुद्ध तरुण दलले सातै प्रदेशमा आन्दोलन थाल्ने

5.04K
shares

काठमाडौं । नेपाल तरुण दलले सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारको विरोधमा नेपाल तरुण दलले विरोध र्याली र विरोध सभा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

शनिवार नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्वारा जारी विज्ञप्तिमा कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यवृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत विरोध र्याली र विरोध सभा कार्यक्रम गर्ने उल्लेख गरेको छ ।

आन्दोलनका कार्यक्रम

माघ ८ गते प्रदेश एकको विराटनगर
माघ ९ गते प्रदेस दुईको जनकपुर
माघ १० गते प्रदेस तीनको हेटौंडा,
माघ ११ गण्डकी प्रदेशको पोखरा
माघ १२ गते प्रदेस पाँचको भैरहवा
माघ १३ कर्णाली प्रदेशको सुर्खेत
माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083