‘मलाई पार्टी कार्यलयमै रविन्द्र मिश्रले बलात्कारको प्रयास गरे’ : रञ्जु दर्शना

18.03K
shares

काठमाडौं। तत्कालीन विवेकशील र साझा पार्टी मिलेर एउटै पार्टी विवेकशील साझा पार्टी बने पछि पार्टीमा संयोजक रविन्द्र मिश्रले गरेका व्यवहारको पोल युवा नेतृ रञ्जु दर्शनाले खोलेकी छन् ।

नेतृ रञ्जु दर्शनाले संयोजक मिश्रको व्यवहार पार्टीमा हुँदा ठीक नभए पछि पार्टी विभाजन गर्नु परेको बताएकी छन् । पार्टीमा मिश्रले मनपरी गर्न थालेको खुलासा गरिन् । ममाथी पार्टी कार्यलयमा बलत्कारको प्रयास समेत गरे संयोजक उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ दर्शनाले तत्कालीन साझा पार्टीका नेताको बुझाइ र आफूहरूको बुझाइ अलग भए पछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् ।

‘वैकल्पिक राजनीतिबारे कुरा मिले पछि जोडिएका थियौं । तर रवीन्द्रजी, मुमाराम खनालजी, केशव दाहालजी लगायतको बुझाइ नै फरक रहेछ । त्यस पछि एक्सनहरू नै फरक भयो,’ उनले भनिन् । तत्कालीन विवेकशीलका नेताहरू शुक्रबार साझाबाट छुट्टिएका छन् ।

तत्कालन साझा पार्टीका नेतामा ‘हामीले राजनीति बुझेका छौं । तपाईंहरूले बुझ्नु भएको छैन’ भन्ने सोचाइ रहेको बताइन्। ‘देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भए पनि देशको स्थिति बिचमै अड्काउने किसिमको शैली देखे पछि छुट्टियौं,’ उनले भनिन्। रञ्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएपछि स्थानीय निर्वाचनताका चर्चित बनेकी थिइन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले पराजित गरेका थिए । विवेकशील साझा पार्टीका सहअध्यक्ष थापाले केही अघि पार्टी गलत बाटोमा हिँडि रहेको निष्कर्ष सहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसमाथि पार्टीमा छलफल नै नभएको नेतृ दर्शनाले बताइन्। www.(capitalheadline.com)
बाट साभार गरिएको ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083