विश्वका धनी मुलुकको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ‘ओली’ स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ कार्यक्रम

4.77K
shares

काठमाण्डौँ । विश्वका धनी मुलुकहरुको क्लब विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन् । मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली आज साँझ डाबोस प्रस्थान गर्ने भएका हुन् । यो मञ्चमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ ।

प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२२ जनवरीदेखि २५ सम्म स्वीटरजरल्याण्डको डावोस शहरमा यसपटक ‘ग्लोबलाइजेसन ४.०ः सेपिङ ग्लोबल आर्किटेक्चर इन दी एज अफ फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ नाराका साथ आयोजना हुने सम्मेलनमा जी २० सहित विश्वका १५० बढी देशका राजनीतिक तथा आर्थिक नेताहरुको जमघट हुँदैछ ।

सम्मेलनको अर्को सत्र ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ मा प्रधानमन्त्री ओलीले जनवरी २३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै जनवरी २३ मै विश्वका आर्थिक नेताहरुको अनौपचारिक जमघटमा ‘इन्ड अफ ग्लोवल ट्रेड बक वी नो इट ?’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले भ्रमणका दौरान साइडलाइनमा विश्वका राजनीतिक तथा व्यवसायिक नेतृत्वहरुसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । यद्यपि, त्यो भेट कुन स्तरको हो भन्ने मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा उल्लेख छैन् । प्रधानमन्त्री ओलीले त्यहाँ स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गर्न सक्ने बताइए पनि यसबारेमा परराष्ट्र मन्त्रालय मौन छ ।

यहि माघ ८ देखि सुरु हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको त्यसतर्फ जान लागेको हो । सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य सहभागी रहने बताइएको छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ । टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083