प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन

6.29K
shares

काठमाडौं । संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबारको बैठकमा राजदूतमा सिफारिस तीन जनाको सुनुवाइपछि नाम अनुमोदन भएको हो ।

अनुमोदन हुनेमा कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराई रहेका छन् । अब उनीहरुलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083