भेनेजुयला प्रकरणमा प्रचण्डको अभिव्यक्ति गलत छ : कांग्रेस

4.82K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले गरेको सार्वजनक अभिव्यक्ति गलत भएको निश्कर्ष निकालेको छ ।

आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।

‘अमेरिकाको खिलापमा प्रचण्डले राखेको सार्वजनिक अभिव्यक्ति गलत छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य हो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083