मर्यादा क्रममा संघीय सांसदलाई प्रदेशको मन्त्रीभन्दा तल राखेकोमा कांग्रेसको आपत्ति

4.81K
shares

काठमाडौं । सरकारले संशोधन गरेको मर्यादा क्रममा संघीय सांसदभन्दामाथि प्रदेशका मन्त्रीहरुलाई राखेकोमा कांग्रेसका सांसदले आपत्ति जनाएका छन्।

आजको प्रतिनिधि सभाको शून्य समयमा सांसद देवेन्द्रराज कँडेलले संघीय संसदलाई प्रदेशका मन्त्रीभन्दा तल राख्नु न्यायोचित नभएको बताएका छन्।

त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिका र नगरपालिका प्रमुखभन्दा तल राखिएकोमा पनि उनले असन्तुष्टि जनाए। प्रमुख जिल्ला अधिकारीलाई गाउँ-नगरप्रमुख भन्दा तल राख्दा मनोबल गिरेको उनले बताउँदै सच्याउनु पर्ने मग गरेका छन्।

राजनीतिक व्यक्ति केही समयसम्मका लागि मात्र हुने गरेको तर प्रमुख जिल्ला अधिकारी लामो समयसम्म रहने गरेकोले सिडिओलाई मेयरभन्दा माथि राख्नु पर्ने कँडेलले माग गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083