अबको राज्य समाजवाद उन्मुख राज्य हो : ‘प्रचण्ड’

6.15K
shares

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन्। भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नु पर्ने बताए।

उनले भने, अबको राज्य समाजवाद उन्मुख राज्य हो। हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था छ। उनले कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको बताए।

आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार नपाउनेलाई उपचार दिने काम राज्यको भएको उनले बताए। पुरानो संस्कारलाई वैज्ञानिक, वस्तुवादी र प्रगतिशील दृष्टिकोणले विस्थापित गर्दै जानुपर्ने दाहालको भनाइ थियो। उनले स्व पौडेलले पार्टीलाई पुर्याएको योगदानको चर्चा गरे। दाहालले भने, आफ्नो राजनीतिक यात्रामा माडीमा बस्ने घर पौडेलको रहेको थियो। रासस 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083