सुनुवाइ समितिको बैठक कांग्रेसद्धारा बहिस्कार

4.71K
shares

काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ।

संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिस्कार गरेका हुन्। १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन्। कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो।

कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताए। उनले फागुन ७ गतेको बैठकमा उनीहरुले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083