पशुपति शर्मा गीत प्रकरण : प्रचण्ड पक्षको समर्थन, ओली पक्षको बिरोध !
वि.सं.२०७५ फागुन ६ सोमवार १३:०४
shares

काठमाडौं । गायक पशुपति शर्माको गीत र त्यहाँ समावेश भएका शव्दका विषयमा नेकपाभित्रै पक्ष र विपक्ष खडा भएका छन्। खासगरी राष्ट्रपति विद्या भण्डारीले प्रयोग गर्ने सेनाको हेलिकोप्टर र यमराजको शासन भन्ने शव्दमा आपत्ति जनाउँदै उनलाई गीत हटाउनका लागि दबाब दिइएको थियो।
उक्त प्रकरण चर्चामा आउनासाथ खुमलटारले भने शर्माको पक्षमा बोलेको छ। नेकपाका अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थाको चित्रण गरिएका कारण गीतमाथि कुनै पनि प्रकारको टिप्पणी गर्न नहुने बताएका थिए।
उता, खुमलटारबाटै सकारात्मक टिप्पणी गर्दै प्रचण्ड पक्षधर नेता कार्यकर्ताले उक्त गीतको बचाऊ गरेका छन्। त्यस मध्येका एक जना अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन चुडाल भन्छन्,‘कलाकारको सृजनाले के बोलेको छ भन्ने भावलाई नजरअन्दाज गर्न मिल्दैन, हामी लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा छौं भन्ने विषय सबैले बुझ्न आवश्यक छ।
यता, शर्माको गीतप्रति ओली समर्थित तथा युवा संघका नेता र कार्यकर्ताले दबाबसहित हटाउन चेतावनी दिएका थिए भने कतिपयले सामाजिक सञ्जालमा सरकारको बचाउ पनि गरेका थिए। सामाजिक सञ्जालमा ओलनिकट मिना श्रेष्ठले शर्माको गीतको सफ्ट आलोचना गरेकी छन्। उनले गायक मन पर्ने भए पनि यो गीतमा भएका शव्दचयन गलत भएको बताएकी छन्।
खुमलटार स्रोतले भन्यो,‘हामीले राजाविरुद्ध गीत गायौं, क्रान्तिको एउटा प्रयोग पनि हो। तर, अहिले यस्तो अवस्थामा गीतमाथि घोषित या अघोषित प्रतिबन्ध गर्न मिल्दैन। शर्माको गीतको पक्षमा प्रमूख प्रतिपक्षी भने खुलेरै समर्थमा लागेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखेका छन्,‘अब गीत पनि गाउन नपाइने कस्तो लोकतन्त्र ? यो लोकतन्त्र हो त ?





























