एउटा गीतको पछाडि लागेर सरकारले अराजकता देखायो : प्रा.डा. केसी

4.21K
shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकार एउटा गीतको पछाडि लागेर अराजकता देखाएको टिप्पणी गरेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रा.डा. सुरेन्द्र केसीले भने, ‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदो यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ। उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो।

राष्ट्रपति धेरै महँगो भएको कुरा गीतमा समावेश हुँदा के नराम्रो भयो त ? भन्दै उनले प्रश्न तेर्साए। फरक प्रसँगमा उनले नेपालमा राजा आउने वा नआउने भन्ने कुरा त्यसै भन्न नसक्ने बताए। उनले भने, ‘आउने कुरालाई म महत्व दिन्न। अहिले भएको विसंगतिको कारणले गर्दा केही नेताहरु राजसंस्थाको कित्तामा पुगेका छन्। तर तिनीहरु असली राजावादी होईनन्। राजाको नाम भजाएर खाने धेरै छन्।

नेपालको आन्तरिक कारणले राजसंस्था आउनै नसक्ने उनको ठोकुवा छ। तर, बाहृय कारणले राजसंस्था आयो भने कसैले रोकेर पनि रोक्न नसक्ने उनले दाबी गरे। उनले भने, ‘हाम्रो देशमा अहिलेपनि राजा छाती फुलाएर हिँडिरहेका छन्। नेपाली जनताको कति उदार मन छ। राजा तथा महाराजाहरुले यो देशमा धेरै गरेका रहेछन्। यो देश जोड्ने तन्तु भनेको नै पहिलो कुरा राजा हो, दोस्रो नेपाली भाषा र तेस्रो हिन्दू धर्म हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083