राजा आवश्यकता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल
वि.सं.२०७५ फागुन ८ बुधवार १७:१९
shares

काठमाडौं । संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले राजा आवश्यकता भन्दा अगाडि नै फालिएको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन्। राजा फाल्नुपर्ने आवश्यकता भन्दा पहिले नै राजा फालेको उनले बताए।
प्रा।डा। रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नु भन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे। अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन्। सरकारले विभिन्न निकायमा नियुक्ति गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे।
उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए। उनले भने, ‘यसरी कसरी समृद्धि हुन्छ ? अब देश कता जान्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अहिले त सिस्टम नै फेल भैसक्यो।
गणतन्त्र फेल भैसक्यो। संघीयता फेल भैसक्यो। लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन्। मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्र्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए। उनले भने, ‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन। तर, म एउटा कुरा भन्न सक्छु की राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो। कुनै विचार नपुर्याई फालिएको हो। संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन्।































