‘पद खोज्दै हिँडेको छैन’: जनार्दन शर्मा
वि.सं.२०७५ फागुन १३ सोमवार १२:०४
shares

काठमाडौं । नेकपाका नेता जनार्दन शर्माले आफु कुनै पद खोज्दै नहिडेको प्रष्ट पारेका छन्। सचारमाध्यममा शर्मा गृहमन्त्री बन्न लागेको समाचार सार्वजनिक भएपछि उनले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफु पद खोज्दै नहिँडेको र योजना नबनाएको उल्लेख गरेका हुन्।
अध्यक्षद्वयबीच सरकार पुनर्गठनको सहमति भएको सूचना बाहिर आएपछि नेकपाका कार्यकर्ताहरूबीच विभिन्न अड्कलबाजी भैरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल पुनर्गठन तथा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्न दुइ नेताबीच छलफल समेत भएको थियो।
‘संघीयता कार्यान्वयनको ऐजेण्डाप्रति सचेतता पूर्वक लागेको कुराबाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट पार्दछु,’ जनार्दनले सोमवार सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्नेसम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरूसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु। शर्माले लेखेका छन् ।





























