अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति पार्कको सिलान्यास

5.55K
shares

गोरखा। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँमा बन्न लागेको सहिद स्मृति पार्कको नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सिलान्यास गरेका छन्।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस समारोहमा सहभागी हुन गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङ पुगेका दाहालले सहिद स्मृति पार्कको सिलान्यास गरेका हुन्।

बारपाक सुलिकोट गाउँपालिका- ८ जराङस्थित रम्तेलको घर भएको ठाउँमा सहिदको स्मृतिमा सभाहल सहितको पार्क बन्न लागेको गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए। गाउँपालिका तथा अन्य सरकारी निकायको लगानीमा निर्माण हुन लागेको पार्कको डिजाइन इस्टिमेट तयार भैसकेको गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिए।

माओवादी नेता पक्राउ गर्न गएको प्रहरीको गोली लागि व्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत रम्तेलको २०५२ साल फागुन १४ गते निधन भएको थियो। समारोहकै अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) ले सो विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083