पूर्व-उपप्रधानमन्त्रि भरतमोहन अधिकारीको अवस्था अत्यन्तै गम्भीर

6.66K
shares

काठमाडौँ। मुटु र फोक्सोको समस्याबाट पीडित भएपछि डेढ महिना अघि अस्पताल भर्ना गरिएका पूर्व-उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीको अवस्था गम्भीर भएको छ।

अधिकारीको राजधानीको मण्डिखाटार स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अचेत अवस्थामा उनलाई भेण्टीलेटरमा राखिएको छ।

उनको अवस्था अत्यन्तै गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ। ‘अत्यन्तै गम्भीर अवस्था छ’, स्रोतले भन्यो, ‘उहाँको स्वास्थ्यमा सुधार हुने संकेत देखिएको छैन।’