‘नेपाललाई समृद्धि बनाउनको लागि अहिले सवैभन्दा अनुकुल समय छ’ : गगन थापा
वि.सं.२०७५ फागुन २० सोमवार १४:१०
shares

काठमाडौँ। नेपालको समृद्धिको लागि अहिलेको समय सबैभन्दा अनुकुल भएको नेपाली काँग्रेसका नेता तथा संघीय संसदका सदस्य गगनकुमार थापाले बताएका छन्।
सुचना प्रविधिको विकास, संबैधानिक राजनैतिक स्थिरता र बिश्वको एसियाप्रतिको प्राथामिकता का कारणा समृद्धिको लागि अहिले सबैभन्दा उत्तम समय रहेको उनले बताए। त्यस्तै अहिलेको परिवेशमा मुलुकको समृद्धिका लागि पूर्वाधार विकासको क्षेत्रमा तयार भए नभएको बारे बहस हुनु जरुरी रहेको थापाको भनाई छ।
जापान सरकारको निमन्त्रणामा टोकियो आईपुगेका थापा समृद्धि नेपाल निमार्ण अभियानले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागी बने। पुर्व-स्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न सके मात्रै देशले विकासको फड्को मार्न सक्ने बताए। प्रवासी नेपालीले देशप्रति गरेको चिन्तन सहयोग र मायाको प्रशंसा गर्दै उनले अबको लगानी उद्योग र व्यवसायमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे। अब प्रवासका नेपालीहरुको प्रयासबाट देशले मुहार फेर्ने उनले बताए।
उनले भने, ‘अन्तर्यक्रियामा सहभागी नेपालीहरुको प्रश्न देख्दा राजनिति प्रति नेपालीको बितृष्णा धेरै रहेको थाहा पाउन सकिन्छ ।’ कार्यक्रम समृद्धि नेपाल निमार्ण अभियानका संयोजक महेश श्रेष्ठको अध्यक्षता पत्रकार एवम एनआरएनएका प्रबक्ता भुषण घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो। थापासँग एनआरएनए जापानले पनि भेटघाट कार्यक्रमको आयोजना गरेको थियो।





























