रवीन्द्रको सम्झना श्रीमती विद्या भन्छिन्, ‘श्रीमान होइन, असल साथी गुमाएँ’
वि.सं.२०७५ फागुन २१ मंगलवार १२:४९
6.45K
shares
shares

काठमाडौं । सहकार्यदेखि प्रेम र विवाहसम्म : रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो। उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो। आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो। म उहाँलाई श्रीमान् भन्दिनँ।
मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु। हाम्रो भेट ०५० मा भएको हो। त्यस वर्षको अन्तिममा हेटौँडामा अनेरास्ववियुको सम्मेलन भयो। म बागमतीबाट प्रतिनिधि थिएँ, उहाँ गण्डकीबाट। सम्मेलनमा हामी दुवै निर्वाचित भयौं।
त्यसैबेलादेखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो। सांगठनिक सहयात्रा थियो। आपसमा पनि नजिक हुन थाल्यौँ।




























