सामुदायिक र निजी सबै मिडिया व्यवस्थित गर्न जरुरी छ : मुख्यमन्त्री शाही

5.45K
shares

सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताएका छन्। नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उनले भने, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ।

मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न खोजेको छैन भन्दै सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने गरी विकास गर्ने तवरबाट अघि बढ्नु आवश्यक रहेको बताए। मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिदैं उनले सञ्चारमाध्यमको विषयमा बृहत् बहसको खाँचो रहेको आवश्यकता औँल्याए।

महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा जोड दिए। टोलीमा महासचिव विष्टसहित, सचिव प्रकाश थापा, सदस्य लक्ष्मण कार्की, गोपाल बराइली, कलेन्द्र सेजुवाल, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको सहभागिता रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083