राजतन्त्र र हिन्दु राज्यको लागि कमल थापाले राजमार्गनै बन्द गरि हेटौँडामा कार्यक्रम गर्दै
वि.सं.२०७५ फागुन २१ मंगलवार १३:५५
6.51K
shares
shares

काठमाडौं । गणतन्त्र नेपालमा राजतन्त्र पुनस्थापना तथा हिन्दुराज्य स्थापनाको माग गर्दै आएको राप्रपाले आज हेटौँडामा आमसभा गर्दैछ। आज हेटौँडामा हुने आमसभाको लागि सिमाचौक क्षेत्रमा राप्रपाले राजमार्गनै बन्द गरेर कार्यक्रम गर्दैछ।
उसले हेटौँडाको मुख्य सडक क्षेत्र सिमाचोकमा सडकनै बन्द गरेर कार्यक्रमको तयारी गर्दा समेत प्रशासन कार्यालय मौन रहेको छ। हेटौँडामा कार्यक्रम गर्नको लागि धेरै स्थलहरु समेत रहेको अवस्थामा राप्रपाले शक्ति प्रर्दशन गर्ने नाउँमा सिमाचोकको बिच सडकमानै कार्यक्रम गर्न लागेको हो।
राप्रपाले कार्यक्रम गर्नको लागि सडकमानै कुर्सी राखेपछि अहिले सामजिक सञ्जालमा विरोध भएको छ। राप्रपाले गरेको मेचि महाकाली स्वाभिमान अभियान अन्र्तगत हेटौँडामा आईपुगेको टोलीले अहिले केहिबेरमा कार्यक्रम गर्दैछ।




























