रवीन्द्र छोटो समयमा ठूलो प्रगति गर्ने नमुना व्यक्ति : प्रधानमन्त्री ओली

4.49K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन मन्त्री रवीन्द्र अधिकारीले बिर्सिन नसकिने काम गरेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आयोजना गरेको श्रदाञ्जलि सभामा बोल्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रूपमा उत्कृष्ट काम गरेको बताए। उनले एक वर्षको कार्यकालमा अधिकीले बिर्सिन नसकिने काम गरेको बताएका हुन्।

नेपालको संस्कृति, पर्यटन र नागरिक उड्ययनको क्षेत्रमा रवीन्द्रले दूरगामी काम गरेको भनाइ राखेका थिए। अधिकारीले बदलिएको परिस्थिति अनुसार अधिकारी सधै प्रस्तुत भएको र छोटो समयमा ठूलो सफलता हात पारेको पनि उनले सम्झिए। प्रधानमन्त्री ओलीले हेलिकोप्टर दुर्घटनाको समाचार सुरुमा आफूलाई पत्याउनै गाह्रो परेको सम्झिए। उनले भने, ‘हामीलाई हेलिकोप्टर दुर्घटना पत्याउनै गाह्रो पर्‍यो। अत्यन्तै पीडादायक वास्तविकतालाई पत्याउनै पर्‍यो।’ दिवंगत मन्त्री रवीन्द्रको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा मानिसले कसरी प्रगति गर्न सक्छ भन्ने उहाँ नमूना हो।’

रवीन्द्रको आलोचना गर्नेहरूलाई भने प्रधानमन्त्रीले त्यस्तै गर्न बानी परेकाहरूको संज्ञा दिएका थिए। सरकारले काम गरेको तर केही मान्छेहरूलाई आलोचना मात्रै गर्न रुची भएको र केही गरेन भन्न मात्रै रुची भएको ओलीको धारणा थियो। त्यसै गरी दिवंगत नेता भरतमोहन अधिकारीले नेपालको लोतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको प्रधानमन्त्रीले सम्झना गरेका थिए। उनले भरतमोहनले मन्त्री, सांसद र नेताका रूपमा उत्कृष्ट काम गरेको पनि बताए।

त्यसै गरी, हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक कर्मचारी र व्यापारीको पनि नेपालको लोकतन्त्र र विकासमा ठूलो योगदान रहेको प्रधानमन्त्रीले बताए। उनले सधैँ लोकतन्त्रका लागि काम गरेकाहरूको उक्त दुर्घटनामा निधन भएको बताए। प्रधानमन्त्रीले उक्त दुर्घटनामा निधन भएका परिवारका सदस्यको जीवनयापनका लागि सरकारले उचित निर्णय गर्ने जानकारी दिए। दुर्घटनामा होनहार व्यक्तिहरूको निधन भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उनीहरूका परिवारको सरकारले रेखदेख गर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083