‘प्रचण्डले नै हो देश बनाउने अरूले सक्दैन’ : ऋषि धमला
वि.सं.२०७५ चैत ३ आइतवार १६:१०
12.45K
shares
shares

काठमाडौं । देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारकर्मी धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएकोसमेत बताएका छन्। धमलाले अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा व्याक्त गरेका छन्।






























