अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान
वि.सं.२०७५ चैत ३ आइतवार १७:२१
6.32K
shares
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका प्रस्थान गरेका छन्। श्रीमती सीता दाहालको उपचारका लागि उनी त्यसतर्फ गएका हुन्।
आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए।






























