पढ्नका लागि भन्दै गगन थापा गए अमेरिका

4.51K
shares

काठमाडौं। काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन्। अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन्।

एक साताका लागि अमेरिका उडेका थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो। तर व्यक्तिगत कारणले अघिल्लो वर्ष जान नपाएको थापाले जानकारी दिएका छन्।

साताको छोटो अवधिमै अध्ययन सकेर नेपाल फर्कने थापाले जनाएका छन्। थापा चैत ३० गते स्वदेश फर्किनेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083