‘वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ’: नेता साउद

4.51K
shares

अछाम। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सिँचाइ मन्त्री एनपी साउदले सरकारलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका छन्। अछामको मेल्लेख गाउँपालिकामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता साउदले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर भूल गरेको बताए।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर ठूलो भूल गरेको छ। यद्यपि हिंसालाई हामी कुनै पनि अर्थमा समर्थन गर्दैनौं उनले भने म सरकारलाई विप्लव समूहसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दछु। केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै नेता साउदले सरकारलाई सही‘ट्रयाक मा ल्याउन जरुरी रहेको बताए।

उनले सरकारको अधिनायवादका विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने अवस्था आएको भन्दै कांग्रेसले चाँडै सरकारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने बताए। नेता साउदले मुलुकको अहिलेको विषम् परिस्थितिमा फुटेर नभई एकजुट भएर पार्टीको संगठन सुदृढिकरणका लागि सबैले लाग्नुपर्नेमा जोड दिए। देश अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा हामी सबैले सांगठनिक र भावनात्मक एकतामा जोड दिन आवश्यक छ उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083