कांग्रेस अनुशासन समितिद्वारा कारबाहीको चेतावनी
वि.सं.२०७५ चैत १२ मंगलवार १६:५२
4.5K
shares
shares

काठमाडौं। नेपाली कांग्रेसले हालै गठन गरेको अनुशासन समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका काम गरेको प्रमाण भए चैत मसान्तभित्र उजुरी गर्न आह्वान गरेको छ।
मंगलबार बसेको अनुशासन समितिको पहिलो बैठकले पार्टी हितविपरितको काम गर्ने पार्टी सदस्यहरुमाथि कारबाही गर्ने भन्दै उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिले पार्टी हितविपरित हुने कुनै पनि विषयबस्तु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भेटिएमा समेत नियमावलीअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।






























