कांग्रेसको आग्रहमा २ दिन पछि सर्‍यो प्रमुख निर्वाचन आयुक्तको सुनुवाई

8.78K
shares

काठमाडौं। संसदीय सुनुवाई विशेष समितिको आइतबार बोलाइएको बैठक २ दिन पछि सारिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आग्रहमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया शुरु गर्न बोलाइएको बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सारिएको हो।

बैठकमा नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदद्वय भिमसेन दास प्रधान र जितेन्द्र देवले पार्टी सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गर्नुपर्ने भन्दै बैठक केही दिनका लागि पछि सार्न आग्रह गरेका थिए। सोही आग्रहलाई ध्यानमा राख्दै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083