एक समय प्रचण्ड भन्दा शक्तिशाली थिईन् सिता दाहाल

8.52K
shares

भुमिराज अधिकारी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सिता दाहाल नेपाली राजनीतिमा एक अग्रणी नै मानिन्छीन्। १० वर्षे जनयुद्धकालमा उनको भुमिका प्रचण्डको भन्दा पनि धेरै महत्वपुर्ण रहेको थियो।

विगतको ईतिहासलाई पल्टाएर हेर्दा विद्यादेवी भण्डारी होईन, सिता दाहाल राष्ट्रपती बनाउनु पर्ने देखिन्छ। उनले नेपाली जनताको लागि गरेको त्याग तपस्या र बलिदान अहिले पनि उस्तै ताजा नै छन्। सिता दाहालले देशका निमित्त गरेको योग्दान सारा नेपालीहरुले सम्झनै पर्छ। यो नै एक सच्चा नेपालीको स्वाभीमान हुने छ।

नेपाली राजनीतिमा एक समय प्रचण्ड भन्दा सिता दाहाल निकै शक्तीशाली मानिन्थीन्। आज जहाँ प्रचण्ड पुगेका छन् त्यहाँ पुग्नुमा सिता दाहालको साथ र सहयोगले नै पुगेका हुन्। सिता दाहालले नै गर्दा अहिले उनी विश्वको एक नेताका रुपमा चिनिएका छन्।

एक समय सिता दाहाल पनि प्रचण्ड नै बनेकी थिईन्। पत्नी सिता दाहालले नै देखाएको बाटो हिडेर आज आम नेपाली जनताका लोकप्रीय नेता , विश्वले स्विकारेको नेता अध्यक्ष प्रचण्ड बन्न सफल भएका हुन्।

पछिल्लो समय सिता दाहाल पारिवारिक समस्यामा पर्दै गईन्। तर उनले हार भने कहिल्लै खाईनन्। पारिवारिक कारणले नै उनि विमारी पनि हुन थालिन्। उनको एक छोरी र एक छोराको निधन समेत भई सकेको छ। उनी यहि कारणले कमजोर हुँदै गईन्। तर अहिले उनको स्वास्थ्यमा क्रमीक रुपमा सुधार हुँदै आएको छ।

समस्या र चुनौती सँग पछि नहट्ने उनी एक असल आमाका रुपमा पनि चिनिन्छीन्। पहिले देखि नै नेपाली जनताका दुख र सुख बुझ्दै आएकी उनी सबै नेपालीको एक अभिभावक पनि हुन्। सिता दाहाललाई युवा पुस्ताका आम युवा विद्यार्थी नेताहरुले आमा नै भनेर चिन्ने गरेका छन्।

विभिन्न हाई प्रोफाइल नेताहरुका आ-आफ्ना परिवार छन् तर प्रचण्ड सिताको जस्तो परिवार भने कसैकोमा छैन। आफ्नो परिवारको भन्दा देशको चिन्ता छ प्रचण्ड सितालाई। धेरै ठुलो चुनौती भोग्दै आएका छन् प्रचण्ड र सिता दाहाल! नेपाली राजनीतीमा कहिल्लै बिर्सनै नहुने नाम हुन् यि दुवै।

प्रचण्डको सचिवालयलाई सुझाव

अहिले प्रचण्ड प्रधानमन्त्री त छैनन् तर राजनीतिको केन्द्र विन्दुमा भने अवश्य छन्। तर प्रकाशको अभावमा उनको दैनिकी प्रभावित भएको अनुमान लगाउन सकिन्छ। जस्तो कि, सामाजिक सञ्जालमा नराख्दा पनि हुने तस्विरहरू आइ रहेका हुन्छन्। हाई प्रोफाइल मेनटेन गर्ने सवालमा हालको सचिवालय चुकेको छ। तर प्रयासहरू भने भइ राखेका छन्। यस्ता विषयमा छोरी, ज्वाईंहरू भन्दा पनि इमान्दार नेता, कार्यकर्तालाई प्रचण्डले विश्वास गर्नुपर्छ र वरिपरि राख्नु पर्दछ भन्ने लाग्छ।

प्रचण्ड हुन् वा जो सुकै हाई प्रोफाइलका परिवारजनले आफ्नो सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा जनताको सेन्टिमेन्ट पनि बुझ्दा राम्रो हुन्छ। जनताहरूले सबै बेलामा नेताहरूलाई याद गरेका हुँदैनन्। नेताहरूको हरेक दिनचर्या सार्वजनिक गरिनु राम्रो हैन।

प्रचण्डको सचिवालयले केही सुधार गर्नु पर्ने देखिन्छ, संवेदनशीलता र जनताको सेन्टिमेन्ट अनुसार काम गर्नु पर्दछ। खाली फोन उठाउने र प्रचण्डको समय मिलाइ दिन बिन्ती बिसाउने काम मात्र हैन सचिवालयको। बरू इमान्दार पार्टीका नेताहरू जसले जनता बुझेका छन्, समाज बुझेका छन्, जसले गम्भीर राजनीति बुझेका छन्, ती हावी हुनुपर्छ सचिवालयमा।

अहिलेको सचिवालय केवल कामचलाउ सरकार जस्तो हो। काम त चलाएको छ तर सोचे अनुसारको पर्फर्मेन्स दिन सकेको छैन। अध्यक्ष प्रचण्ड व्यक्ती मात्र होईन साझा संस्था पनि हो । त्यसैले सीता दाहालको उपचार र हेरचाहसँगै प्रचण्डले सचिवालयलाई पनि गतिशील बनाउनेतर्फ गम्भीरता पूर्वक सोच्नु पर्ने देखिन्छ।


divya collage
unigloble collage