शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल

Nepal Life Insurance Long Ad

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन् ।

बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताए ।

उनले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । “विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौंं । यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अङ्ग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली विषयमा दक्ष बनाउनुपर्छ,”उनले भने, “यहाँका विद्यार्थी भाषा र दक्षताका हिसाबले उत्कृष्ट हुनुपर्छ । पढेर पास गर्ने तर केही नजान्ने हुनुभएन ।”

महासचिव पौडेलले बुटवलका तिनाउ र दानव आसपासका बस्ती व्यवस्थापनको तयारीमा सरकार रहेको जानकारी गराउँदै यसका लागि तिनाउ–दानव करिडोर सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताए ।

उनले बुटवलको बेलवासदेखि नहरपुर हुदैँ बेथरीसम्म चार लेनको सडक निर्माणमा केही ढिलाइ भए पनि निर्माण कार्य पूरा हुँदा यो क्षेत्रको विकासले फड्को मार्ने उल्लेख गरे । “भौतिक विकासका दृष्टिकोणले यो क्षेत्रलाई अगाडि बढाउने गरी काम अगाडि बढेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ”, उनले भने ।

कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले विद्यालयको भौतिक विकासका लागि यस क्षेत्रका सांसदसमेत रहनुभएका पौडेलको प्रयासमा भवन निर्माण, कम्प्युटर ल्याब निर्माण, खेल मैदान निर्माण कार्य गरिएको जानकारी गराउँदै यो वर्ष सबैको सहयोगमा विद्यालयको भौतिक सुधार वर्षका रूपमा काम अगाडि बढाएको बताए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...