भारतले अतिक्रमण गरेको भू-भाग समेटेर नेपालको नक्सा जारी गर्न निर्देशन

6.85K
shares

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले अतिक्रमण गरेको भुभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन दिएको छ । साथै, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको हो ।

शुक्रबार सिंहदरवारमा बसेको बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न निर्देशन दिएको छ ।

त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ ।