काँग्रेस केन्द्रिय समिति बैठक पुस १० गतेसम्मको लागि स्थगित

6.75K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक फेरि स्थगित भएको छ । शुक्रबार दिउँसो बोलाइएको बैठकमा नेताहरु उपस्थित नभएपछि पुस १० गतेसम्मको लागि स्थगित भएको हो ।

आजदेखि संसद शुरु हुने भएका कारण र नेताहरु जिल्ला बाहिर जाने कार्यक्रम रहेका कारणले गर्दा बैठक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

गत बिहीवारबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बस्न सकिरहेको छैन ।