सभामुखको निर्वाचन पुस ११ गते
वि.सं.२०७६ पुस ४ शुक्रवार ०९:१४
4.77K
shares
shares

काठमाडौं । आगामी पुस ११ गते रिक्त रहेको सभामुखको निर्वाचन हुने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा पुस ११ सम्म सहमतिमार्फत् उम्मेदवार छान्ने तरखरमा लागको छ ।
शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार ९आज० बस्ने र एक साता स्थगित गरिने भएको छ ।
पहिलो दिन शुक्रबार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने छ। त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ।












