“एकतामा असन्तुष्टि होइन, महाधिवेशनको तुस र अमूक हो”-तामाङ

29.51K
shares

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको एकता टुंगो लागे पनि पछिल्लो समय संगठन भित्रको केही असन्तुष्टि ‘अमूक नेताको इन्ट्रेष्ट’को कारणले भएको सहसंयोजक रञ्जित तामाङले बताएका छन् । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको विद्यार्थी संगठनबीच शुक्रबार राति सम्पूर्ण एकता टुंगिएको थियो।

सात महिनाअघि तत्कालीन अनेरास्वियूबाट संयोजक र अनेरास्ववियू क्रान्तिकारीबाट सहसंयोजक चुनिए पनि संगठनको एकता भने टुंगिएको थिएन।

एकतामा जादा ठुलो संख्यामा रहेको अनेरास्वियू र अनेरास्ववियू क्रान्तिकारीको केन्द्रिय कमिटी सानो बनाए पछि केही नेताहरु छुटे पछि असन्तुष्टि देखा परेको थियोे। संगठनका सहसंयोजक रञ्जित तामाङले उक्त असन्तुष्टि ‘अमूक नेताको इन्ट्रेष्ट’को कारणले भएको भन्दैे अहिलेको केन्द्रीय समिति गुटगत रुपमा नभइ विधिसम्मत ढंगले चयन गरिएको बताए।

उनले भने ‘विधिसम्मत छलफल गरेर, बिभिन्न कार्यदल बनाएर केन्द्रीय समिति बनाइएको हो । मबाहेकका सिनियर साथीहरु रहेको कार्यदलले तयार पारेको मापदण्डको आधारमा बनाइएको हो ।

अहिले असहमति जनाउने कतिपय साथीहरु पनि कार्यदलमा भएर पनि ‘महाधिवेशनको तुस’ र ‘अमूक नेताको इन्ट्रेष्ट’ राखेर असन्तुष्टि अनआवश्यक रुपमा प्रकट गर्नु लज्जाको विषय हो। उनले भने ‘जे बबण्डर गर्न खोजिएको छ, त्यो राष्ट्रिय सम्मेलनको निर्वाचनको बाँकी रहेको तुस हो । व्यक्तिगत रुपमा रञ्जित तामाङलाई असफल बनाउन खोज्ने अमूक नेताहरुको इन्ट्रेष्टबाट भएको दाबी समेत गरेका छन्।

अनेरास्ववियूको एकता बाट सातवटा प्रदेश मध्ये २, ३ र कर्णाली प्रदेशको नेतृत्व क्रान्तिकारीले पाएको छ भने प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको नेतृत्व अनेरास्ववियूले गर्ने भएको छ।

७७ जिल्लाका संयोजकमध्ये ४२ मा अनेरास्ववियू र ३५ जिल्ला क्रान्तिकारीले लिने सहमति भएको छ। एउटा पक्षले संयोजक लिएको ठाउँमा अर्को पक्षले सहसंयोजकको जिम्मेवारी लिने पनि सहमति भएको छ।

एकीकृत अनेरास्ववियूको केन्द्रीय सचिवालय १११ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय बनाउने सहमति भएको छ। ४५ सदस्यीय स्थायी कमिटीबाट अनेरास्ववियू २४ र क्रान्तिकारी २१ जना हुने सहमति हुने भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083