नेपाल प्रहरीका चार एआइजीको पदस्थापन
वि.सं.२०७९ चैत १५ बुधवार १७:३४
7.44K
shares
shares

गत साता बढुवा भएका नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजींं) को पदस्थापन भएको छ। मंगलबारको मन्त्रिपरिषद्को बैठकले पदस्थापनको निर्णय गरेको हो।
एआइजी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिपक थापाको प्रशासन विभाग, श्यामलाल ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय र किरण बज्राचार्यको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा पदस्थापन भएको छ।
एआइजीको फुली लगाएको एक सातापछि उनीहरुले जिम्मेवारी पाएका हुन्। उनीहरु प्रशासन विभागमा हाजिर गर्दै आएका थिए।


















