सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार

Nepal Life Insurance Long Ad

धनगढी । सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार गरिएको छ । शनिबार ३ जना मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह, सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीता माललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

यता सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो ।

६ जेठ २०८०, शनिवार १९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु