प्रदेश सरकारको सूचना लिन एक मिनेट पनि पर्खिनुपर्दैन : मन्त्री ‘हिक्मत कार्की’

8.78K
shares

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको काम कारबाहीसम्बन्धी सूचना लिन एक मिनेट पनि पर्खिनुनपर्ने बताएका छन् ।

उनले प्रदेश सरकारका संयन्त्र निर्माणको क्रममा रहेकाले हालको अवस्थामा सूचना व्यवस्थित गर्ने र सूचना दिने कुरामा केही ढिला भए पनि संयन्त्र निर्माणपछि १ मिनेट समय पनि पर्खन नपर्ने बताए । विराटनगरमा शुक्रबार आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहीनता अन्त्य विषयक कार्यक्रममा उनले प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ‘प्रदेश सरकारको काम कारबाहीको सूचना दिने र लिने कुरामा तपाईहरुले एक मिनेट पनि समय खर्चनु पर्दैन ।’

नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री हिक्मत कार्कीले दण्डहिनताको अन्त्य गर्नका लागि सबैले आफ्नो पेशाको मर्यादालाई बिर्सन नहुनेमा जोड दिए ।