नेविसंघको म्याद आइतबार सकिँदै, जुन बाटो गए पनि चेपुवामा देउवा

5.86K
shares

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले समयमा महाधिवेशन गर्न नसकेपछि पार्टी सभापति शेरबहादुर देउवाले नैनसिंह महर नेतृत्वमै कार्य समितिको म्याद थप्ने तयारी गरेका छन् । नेविसंघको महाधिवेशनबारे छलफल गर्न कांग्रेसले शनिबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा नेविसंघबारे निर्णय हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

वर्तमान नेविसंघ कार्य समितिको म्याद आगामी मंसिर २ गते सकिँदैछ । कार्य समितिको म्याद सकिने भएपछि पार्टी संस्थापन पक्षले सोही समितिलाई निरन्तरता दिन चाहेको स्रोतले बतायो । तर, पार्टी सभापति देउवाबाहेकका नेताहरु भने फरक रणनीतिमा छन् ।

महाधिवेशन गर्न नसकेपछि वर्तमान कार्य समितिको म्याद स्वतः सकिने भएकाले उत्पन्न हुने संकटको भारी संस्थापन पक्षलाई नै बोकाउने तयारी पौडेल पक्षको छ । यसका लागि उनीहरुले दोहोरो रणनीति बनाएको बुझिएको छ । संस्थापन पक्षले म्याद थप्ने प्रस्ताव ल्याए त्यसको विरोध गर्ने र विघटन गरी तदर्थ समिति बनाउने प्रस्ताव ल्याए पनि त्यसको विरोध गर्ने पौडेल पक्षले तयारी गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083