त्रिपुरेश्वरमा ‘सुकी’को स्कर्टिङमा रहेको मोटरसाइकल दुर्घटना, सई ‘गुरुङ’ गम्भीर घाइते

5.17K
shares

काठमाडौं । नेपाल भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री आङ सान सुकीको स्कर्टिङमा रहेको प्रहरीको एउटा मोटरसाइकल दुर्घटनामा परेको छ।

सुकीको कारकेडमा रहेको नेपाल प्रहरीको मोटरसाइकल त्रिपुरेश्वर चोकमा बिहीबार राति दुर्घटना भएको हो। प्रहरीको मोटरसाइकल त्रिपुरेश्वरमा यात्रुवाहक माइक्रो बससँग ठोक्किएको थियो। तीव्र गतिमा रहेको मोटरसाइकल माइक्रोसँग ठोक्किँदा प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ गम्भीर घाइते भएका छन्। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बा२ब २५४३ नम्बरको मोटरसाइकल अगाडिबाट आउँदै गरेको बा१ज ६५७७ नम्बरको माइक्रोसँग ठोक्किएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गुरूङको टाउकोमा चोट लागेको छ। पाँच वटा करङ र दाहिने खुट्टा भाँचिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083