विप्लव समूहद्वारा मकवानपुरमा दुईवटा गाडीमा आगजनी

6.81K
shares

हेटौंडा । विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन्। मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ।

भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ। त्यस्तै आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage