एक घर एक सदस्य अभियानको शुभारम्भ

5.71K
shares

बर्दिया।

दलित सेवा सँग बर्दियाको २३ औं साधारण सभा तथा “एक घर एक सदस्य अभियान” को शुभारम्भ कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।“विभेद रहित न्याय पुर्ण समतामुलक समाजको निर्माण गर्ने”परिकल्पनाका साथ २०५३ सालमा बर्दिया जिल्ला शाखाको रुपमा स्थापित दलित सेवा सँघको २३ औं साधारण सभाको उद्घाटन संस्थाका केन्द्रिय सह अध्यक्ष भूमि वि.क.ले गर्नु भयो ।

उक्त संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन संस्थाका सचिव डम्बर बहादुर परियारले प्रस्तुत गर्नु भयो ।उक्त सभाले वार्षिक जम्मा ७९ लाख ९२ हजार ४ सय ७० रुपैंयाको आय–व्याय बजेट पारित गरेको छ । हाल सो संस्थाले मेरिक्नोल फार्दस एण्ड ब्रर्दस युएसएको सहयोगमा सिप विकास तथा शैक्षिक सहयोग कार्यक्रम गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा संचालन गर्दै आएको छ ।

त्यसै गरी सभामा बर्दिया जिल्लामा रहेका दलित समुदायका प्रत्येक घर बाट एक सदस्य बनाउनका लागि “एक घर एक सदस्य अभियान”को शुभारम्भ गरिएको छ । बर्दिया जिल्लामा करिब ९ हजार घर परिवारको ५० हजार भन्दा बढी दलितहरुको जनसंख्या रहेको छ ।

कार्यक्रमको उद्धेश्य बारे प्रकास पार्नुहुँदै संस्थाका अध्यक्ष तारा बहादुर सुनारले जिल्ला समन्वय समितिका सदस्य सुर्य सुनारलाई संस्थाको सदस्यता हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गर्नु भयो ।

उक्त कार्यक्रममा दलित क्षेत्रबाट विभिन्न निकायमा कार्य गर्नुहुने व्यक्तिहरुलाई सम्मानित गरियो । सम्मानित हुनेहरुमा भन्सार कार्यालय गुलरियाका प्रमुख चक्र सोनी, क्याम्पस प्रमुख भगत बहादुर नेपाली (म.प.क्याम्पस नेपालगंज), प्रधानाध्यापक मनविर सुनार (त्रि.उ.मा.वि.सूर्यपटुवा), ओम चुनारा (मधुवन न.पा. स्वास्थ्य चौकी ईन्चार्ज) र पत्रकार प्रेम वि.क. लगायत रहनु भएको छ ।

शुभारम्भ समारोहमा सो संस्थाका केन्द्रिय सह अध्यक्ष भुमि वि.क., पूर्व जिल्ला अध्यक्षहरु कालुराम वि.क., भागिराम वि.क., गैर सरकारी संस्था महासँघका अध्यक्ष विष्णु तिमिल्सिना, क्याम्पस प्रमुख भगत नेपाली, प्रधानाध्यापक मनविर सुनार, स्वास्थ्य चौकी ईन्चार्ज ओम चुनारा लगायतले शुभकामना मनतव्य व्यक्र्त गर्नु भएको थियो ।


divya collage
unigloble collage