शान्ति पूर्नस्थापना गृहको वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्

7.93K
shares

रुपन्देही। मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था शान्ति पूर्नस्थापना गृहले वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार सिद्धार्थनगरमा आयोजित कार्यक्रममा संस्थाले बेलहिया नाकाबाट ५५४० र बुटबलबाट २१७५ गरी कुल ७७१५ जनालाई परामर्श दिएको जानकारी गराएको छ। हिंसामा परेका ३ नेपाली र १ भारतीय छन्। बेलहियामा उच्च जोखिममा १५५, कम जोखिममा १५ गरी १७० व्यक्ति छन्, जसमध्ये ४ मुद्दा दर्ता भएका छन्। बुटवलमा उच्च जोखिममा ९४, कम जोखिममा ११ गरी १०५ व्यक्ति छन्।संस्थापक अध्यक्ष शान्ता सापकोटाले गरिबी न्यूनीकरण र रोजगारी सृजना नै बेचबिखन न्यूनीकरणको मुख्य उपाय भएको बताइन्। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले जिल्लामा बेचबिखन न्यूनीकरणमा सदैव तत्पर रहेको उल्लेख गरे। सिद्धार्थनगर उपप्रमुख उमा अधिकारीले २४ घण्टा सहकार्य गरी न्यूनीकरणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले पीडित गोपनीयता र समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरे। शसस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङले स्रोत अभावका बावजुद काम जारी राखेको बताए।
कार्यक्रममा प्रहरी, होटेल तथा रेष्टुरेन्ट व्यवसायी, सरकारी–गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।

बेलहिया नेपाल–भारत सीमास्थित रुपन्देहीको प्रमुख नाका हो, जसलाई मानव बेचबिखनको ‘हटस्पट’ मानिन्छ। गरिबी, बेरोजगारी र सीमावर्ती अवस्थितिले महिलाहरू तथा बालिकाहरूलाई भारततर्फ यौन शोषणका लागि तस्करी हुने प्रमुख कारण बनेको छ। वार्षिक हजारौं पीडित यस नाकाबाट पार हुने अनुमान छ, जसमध्ये ९८% महिला र ५०% बालिका छन्। सरकारी तथा एनजीओ प्रयास हुँदा पनि स्रोत अभाव र सीमा नियन्त्रण कमजोरीले समस्या कायम छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083