‘बि’ डिभिजन लिग आजदेखि शुरु हुँदै

7.16K
shares

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ। प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन्।

शुक्रबार शुरु हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन्।

यस्तै समुह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन्। लिगको विजेताले आठ लाख पाउने छ। उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख पाउनेछन्। लिग रेलिगेशन बिनाको हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।

एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारी खर्चवापत रु सात/सात लाख उपलब्ध गराइसकेको छ। ‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बि’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो। ‘ए’ डिभिजन लिगसमेत रेलिगेशन विनाको गरेका एन्फाले ‘बि’ डिभिजन पनि रेलिगेशन विनाकै गर्न लागेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083