नेकपाका सांसदले घरभाडा नलिने

5.8K
shares

रुपन्देही। प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन्। प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन्।

माघ महिनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना १५ हजार बुझ्दै आएका थिए। भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा भाडा नलिने जानकारी गराएका हुन्।

जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायत सांसद भाडामा बस्दै आएका छन्। यसअघि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि सङ्कलन गरी कोषका रूपमा राखिने सांसद ढकालले बताए।

भाडाका विषयमा काङ्ग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन्। सतासी सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन्। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083