मलेसियाबिरुद्ध नेपालको शानदार जित

4.21K
shares

काठमाडौं । आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियाबिरुद्ध शानदार जित हासिल गरेको छ। नेपालले मलेसियालाई ८ विकेटले हराएको हो। टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनाएको थियो।

९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो। ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो। नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १९ रनमा आउट भए। उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे। त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए। जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे।

त्यस अघिमलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे भने हकिम हसरनले १० रन बनाए। मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरु पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन्। यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए।


divya collage
unigloble collage