ढलान गर्दा गर्दै भत्कियो पक्की पुल, ठेकेदार सहित ५ जना घाइते

6.05K
shares

बुटवल । गुल्मीको बडीगाड खोलामा ढलान भइ रहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन्। गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो।

पुल भत्किए पछि च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइते सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका-३ का २३ वर्षीय रामबहादुर कुमाल,३३ वर्षीय गणेश कुमाल, वडा नम्बर ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना छन्।

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडीगाड खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिएका छन्। तर पुल र खोलाको अवस्था हेर्दा पुल बाढीले नभई कमजोर संरचनाका कारण भत्किएको हुन सक्ने स्थानीयले बताएका छन्।

‘पछिल्लो केही दिन यता पानी नपरेको र खोलामा पानीको सतह पनि ठूलो छैन,’ नगरपालिकाका उपप्रमुख कमला गौतमले भनिन्,‘पुल बाढीले नभई संरचना कमजोर भएर भत्किएको हो। त्यस पछि खोलाको पानीले बगायो।’

पुलको दुई दिन अघि मात्र ढलान गरिएको थियो।०७३ सालमा सम्झौता भएर गत वर्ष देखि पुल बनाउने काम भइरहेको थियो। पुल बनाउन तीन करोडभन्दा बढी रकम खर्च भएको छ।


divya collage
unigloble collage